दार्चुला र डडेल्धुरामा भिरबाट लडेर २ जनाको मृत्यु

अत्तरिया, २२ मंसिर : दार्चुला र डडेल्धुरामा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका–३ गुमखोलीस्थित बसुनढुङ्गा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
२३ वर्षीय महेश थापाको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लाली दार्चुलाले जनाएको छ । उनी १५० मिटर तल खसेका थिए । यता डडेल्धुरामा पनि भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आलीताल गाउँपालिका–३ सुदुपस्थित चौरा भिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । उनी तीन सय मिटर तल खसेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.