नवजीवन सहकारीको अत्तरिया र चौमाला शाखाको साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको अत्तरिया र चौमाला शाखाको ३१ औं एकाईगत साधारण सभा सम्पन्न भएको छ । आज (सोमबार) साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमको सभापतित्व आयोजित इकाईगत साधारण सभामा सुदूरपस्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिईन । साधारण सभामा प्रमुख अतिथि देवकोटाले नवजीवन सहकारी संस्थाले संस्थागत विकास, भौतिक पूर्वाधार, रोजगार सृजना लगायतका थुप्रै कार्यहरू गरेकोमा प्रसंसा गरिन् ।
संस्थाले प्रगतिमा दिन प्रतिदिन फडको मार्दै गइरहेको र नयाँ नयाँ प्रविधि संग जोडिएर सदस्यहरुलाई सहज बनाउदै गइरहेकोमा उनले खुशी व्यक्त गरिन् । उनले यस संस्थालाई अगाडि बढाउने प्रक्रियामा प्रदेश सरकारको तर्फ होस या व्यक्तिगत रुपमा होस सदैव तत्पर रहने बताईन् ।
संस्थाका अध्यक्ष देवबहादुर बमले नवजीवन सहकारी सहकारी ऐन नियम अनुसार चलेकाले बचतकर्तालाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे । यस्तै सभामा प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०÷२०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार ८ सय र शेयर सदस्य ३४ हजार ३९५ पुगेको छ । संस्थाले ५ अर्ब १ करोड ९० लाख बचत संकलन गरी ४ अर्ब ४ करोड ५२ लाख रुपैयाँ कर्जामा लगानी गरेको छ । त्यस अवधिमा संस्थाले खुद मुनाफा १६ करोड ४१ लाख ६ हजार गरेको छ । सहकारीले करिब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको । संस्थाको गत असार समान्तमा कुल सम्पत्ति ६ अर्ब २० करोड ३० लाख ५१ हजार पुगेको छ । यस्तै संस्थाको जगेडा कोष तर्फ ६२ करोड ५ लाख ९३ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले एकाईगत साधारण सभाको अवसरमा उत्कृष्ट ३ जना कारोबारीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा सहकारीले सहकारीबाट ऋण लिएर कृषि व्यवसाय गर्दै आएका कञ्चनपुरको कृष्णपुरका नारायण डगौरा, कैलालीको अत्तरियामा व्यवसाय गर्दै आएका बाबुराम कडेल र गोदावरीको ओलानीमा सिलाई कटाइ पसल सञ्चालन गर्दै आएकी सिता देवी कामी रहेकी छन । सम्मानित हुनेमा सहकारीले सहकारीबाट ऋण लिएर कृषि व्यवसाय गर्दै आएका कञ्चनपुरको कृष्णपुरका नारायण डगौरा, कैलालीको अत्तरियामा व्यवसाय गर्दै आएका बाबुराम कडेल र गोदावरीको ओलानीमा सिलाई कटाइ पसल सञ्चालन गर्दै आएकी सिता देवी कामी रहेकी छन ।
सहकारीले विभिन्न क्षेत्रमा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपज आयोजना सञ्चालन गरिरहको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.