अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि सुदूरपस्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्ट रहेकी थिइन्।
सभामा सहकारीको सफलतासँगै उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि विष्टले जीवनस्तर उकास्न सहज बनाउने जीवनको साहारा सानाकिसान सहकारी भएको भन्दै प्रसंसा गरिन्। उनले साना किसान सहकारी संस्थाले सदस्यहरूको हितमा दैनिक आय आर्जनमा सहज बनाउने लगायत थुप्रै कार्यहरूमा निरन्तरता दिँदै आइरहेको बताईन ।
उनले सहकारीले किसानहरुलाई आत्म निर्भर बनाउन प्राथमिकता दिएर कृषि खेती, पशुपालन गर्ने सदस्यहरुलाई कम ब्याजमा ऋण उपलब्ध गराउँदै आइरहेको बताईन् । उनले घरमा मात्र सीमित नहुने गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सानाकिसान सहकारीले संस्थामा आबद्ध गराएको बताईन्।
सभामा साना किसान सहकारी संस्था रैकवार विचवाका अध्यक्ष जयसिंह विष्टले साना किसान सहकारीले विपन्न, गरीब दलित वर्गका सम्पूर्ण व्यक्तित्वहरूलाई एक सूत्रमा बाधेर सदस्यहरूको जीवनस्तर उकास्न सहज बनाउन हितको लागी कार्य गर्दै आइरहेको बताए।
ूसहकारीहरुले सरकारको अर्थतन्त्रमा सुधार ल्याएको उनले उल्लेख गरे । सरकारले सहकारीहरुलाई जिम्मेवारी भएर हेर्नुपर्ने आवश्यक रहेको उनले बताए । किसानहरूले उत्पादन गरेका उत्पादनशील वस्तुहरूलाई नियमित गर्ने,बजार व्यवस्थापन, कोल्डस्टोर गर्ने कार्य राज्यले गरिदिनुपर्नेमा जोड दिए । सरकारले सहकारीको विषय ठोस कानुन ल्याउन आवस्यक रहेको उनले बताए।
यस्तै महिलाहरूले सहकारीमा जुन कर्तव्य निभाएको यो जोगाएर राख्न सदस्यहरूको हकहितको लागी सानाकिसान सदैव तत्पर रहने उनले बताए ।
सम्पन्न सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष तेजराज अवस्थीले गरेका थिए भने लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक सुष्मा केसीले गरेकी थिइन्। यस्तै संस्थाको आयव्यय प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका प्रबन्धक गोरखबहादुर खत्रीले गरेका थिए। संस्थाको वार्षिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा आइपुग्दा ६ हजार १५२ जना शेयर सदस्य रहेकोमा जसको कुल शेयर पूँजी ३ करोड १७ लाख १२ हजार ४ सय पुर्याउन सफल भएको छ।
यस्तै संस्थाको आर्थिक वर्ष ०८१ मसान्त सम्ममा ५२ करोड ४० लाख २७ हजार ८५५ सम्पति रहेको र ३ करोड ३७ लाख ५४ हजार बराबरको आम्दानी गरेकोमा १ करोड ३ लाख ३० हजार रकम बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
संस्थाको जगेडा कोषमा ४करोड ३३ लाख २२हजार रहेको छ। संस्थाले कर्जा तर्फ ४५ करोड ४० लाख १७ हजार २५९ लगानी गरेको छ भने निक्षेप तर्फ २१ करोड ५४ लाख ७४ हजार ७८३ बचत संकलन गरेको उल्लेख गरिएको छ। संस्थाले ३ वटा शाखा कार्यालयबाट सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ।
सभाको कार्यक्रम सञ्चालन कर्मचारी विपना लामाले गरेकी थिइन् भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य बलबहादुर चौधरीले गरेका थिए। यस्तै सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पधाधिकारी लगायत समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।