धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

अत्तरिया : कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–९ बग्राकटान र टीकापुर नगरपालिका–९ ठोसे बजार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९२ हजार ६९० मूल्य बराबरको सामान बरामद गरिएको हो।

चिनी, बिडी, साबुन, सरप, सुटपिस, मोजा लगायतका जिल्ला प्रहरी कार्यालय कैलाली कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.