सिटी सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : सिटी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित उक्त सहकारीले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष श्यामबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सहकारी महासंघका पुर्व कैलाली जिल्ला प्रतिनिधि तथा केन्द्रिय प्रशिक्षक राजेन्द्रबहादुर खड्का रहेका थिए । कार्यक्रममा मानाङ्क बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशी विशिष्ठ अतिथि रहेका थिए ।
कार्यक्रममा २\२ जना नियमित बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो । यस्तै सहकारीको निति तथा कार्यक्रम अनुसार सहकारीका शेयरसदस्यका छोराछोरीहरुमध्ये सहकारी शिक्षा पुरस्कारबाट एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका २ जना छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खड्काले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना शाहले प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक विष्णु खड्काले प्रस्तुत गरेका थिए ।
२०६८ सालमा ५६ जनाबाट सुरु भएको सहकारीमा हाल १ हजार ४१० जना सेयर सदस्य रहेका छन् । संस्थाको शेयरपुँजी १ करोड ५७ लाख ६७ हजार ७०० रुपैया रहेको छ । यसैगरी संस्थाको निक्षेप ५ करोड २७ लाख ४१ हजार १४१ रुपैया रहेको छ भने ऋण लगानी ८ करोड २९ लाख २ हजार ७३९ रुपैया रहेको छ । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा १० करोड ३२ लाख ९० हजार ३०२ रुपैयाको आर्थिक कारोबार गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.