डडेल्धुराबाट चितुवा नियन्त्रणमा

अत्तरिया : डडेल्धुराबाट चितुवा नियन्त्रणमा लिइएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएपछि नियन्त्रणमा लिइएको हो।
मङ्गलवार दिउँसो २ बजेको आसपास उक्त चितुवा देखिएको सूचना डिभिजन वन कार्यालय, डडेल्धुराले पाएपछि उक्त चितुवालाई नियन्त्रणमा लिएको छ। चितुवालाई बेलुका ५ बजेको समयमा स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरिएको हो। चितुवाको अवस्था केही असामान्य देखिएको वन कर्मचारीहरूले बताएका छन। चितुवाले मन्द विषादी खाएको हुनसक्ने आशँका गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.