पत्रकारितालाई निश्पक्ष र मर्यादित बनाउन महासघं लाग्नुपर्छ : देउवा

अत्तरिया : सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले पत्रकारितालाई निश्पक्ष र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सुभकामना दिदै देउवाले पत्रकारितालाई प्रश्न मर्यादित बनाउनुपर्नेमा जोड दिएका हुन् । अहिले राजनीति र पत्रकारिता माथि थुप्रै प्रश्न उठिरहेका छन् उनले भने, ‘दुइटै तिर केही समस्या छ, केही ब्यक्तीले यो वातावरण श्रृजना गरेका होलान त्यसको असर सबैलाई परेको छ, त्यस कारण निश्पक्ष र प्रश्न नउठाउने खालको पत्रकारिताको विकास गरिनुपर्छ, कैलालीमा त्यसको अगुवाई पत्रकार महासघंले गरोस ।’

‘सरकारका राम्रा काम जनतासामु पुगाउने दायित्व पनि तपाइहरुको हो र गलत गरे पनि स्पस्ट कुरा बाहिर ल्याउने तपाइहरुनै हो’ उनले भने, ‘गलत प्रबृतिलाई तथ्य सहित जनता सामु ल्याउनुहोला, म त आलोचना सहन्छु त्यसले गल्ती सुधार्ने मौका मिल्छ नी, तर अरुलाई मात्रै प्रश्न उठाउने होइन आफुपनि सही दिशामा अगाडी बढ्नुपर्छ, पत्रकार आचार सहिता अनुसार तपाइहरुको कलम चलोस, तपाइहरुको कर्तब्य अनुसार अगाडी बढ्नु होला सरकार तथा आफ्नो तर्फबाट सक्ने सहयोग गर्न तयार छु ।’

देउवाले कैलाली जिल्लामा रहेका सिमा समस्या, शुरक्षा लगायत सरकारका काम कार्वाही बारे समेत नवनिर्वाचित टिमबाट सुझाव मागेका थिए । मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह–सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए । खुला सदस्यमा बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.