अटिज्म केयर सेन्टर द्वारा नवनिर्वाचित पत्रकार महासंघ कैलालीको टिमलाई सम्मान

अत्तरिया, ४ पुस : नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष सहित कार्यसमितिलाई राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटी नेपाल धनगढीले बधाई सहित सम्मान गरेको छ ।
बिहिबार धनगढी उपमहानगरपालिका–१ शिवनगर स्थित आफ्नै कार्यालयमा राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटी नेपाले नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित कार्य समितिलाई बधाई सहित सम्मान गरेको हो । नवनिर्वाचित टिमलाई राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले खादा, माला सहित बधाई दिएका थिए । नवनिर्वाचित कैलालीको टिम सहित केन्द्रिय परिषद सदस्य लिलाजजंग शाहीलाइ पनि सम्मान गरिएको थियो ।
सम्मान गर्दै अध्यक्ष बस्नेतले अटिज्मका क्षेत्रमा पत्रकार महासघंले सहयोग गर्नुपर्ने बताए । अटिज्म भएका बालबालिका र अभिभावकका समस्या सम्बन्धित ठाउँ सम्म पुगाउन पत्रकार महासघंले भुमिका खेल्नुपर्ने उनले बताए । सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरे । लोकतन्त्र र संविधानको रक्षाका लागी पत्रकार महासंघ सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले पत्रकारहरुलाई निश्पक्ष र भयरहित वातावरणमा समाचार संकलन गर्ने वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरे । अटिज्म केयर सेन्टरले बालबालिकाको हेरचाह सगैं विद्यालय समेत सञ्चालन गरेकोमा देउवाले धन्यवाद दिए । अटिज्म केयर सेन्टर संग सहकार्य गर्दै सञ्चार माध्यम र महासंघले निभाउनुपर्ने भुमिकामा कटिबद्ध रहने उनले बताए ।
मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए । खुला सदस्यमा बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकुसिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए ।
यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेककुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.