हिन्दू धर्मको उत्थानमा परिषद्को भूमिका विषयक गोष्ठी कार्यक्रम

अत्तरिया, ४ पुस : हिन्दू धर्मको उत्थानमा परिषद्को भूमिका तथा धर्म रक्षा निधि विषयको प्रबुद्ध गोष्ठी कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पाराण्डेको विशेष उपस्थितिमा विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
पछिल्लो समयमा धर्मान्तरणले ठूलो रूप लिँदै गरेको अवस्थामा विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले एक हुनुपर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पाराण्डेले सबै धर्म प्रति सम्मान छ । तर, सबैले आआफ्नो धर्मको संरक्षण गर्नु पर्ने पछिल्लो समयको आवश्यकता हो । हामीले आफ्नो धर्म संस्कार बिर्सिँदै जाने हो भने अबको पुस्ता संकटमा पर्नेमा उनले जोड् दिए । साथै हिन्दू धर्मको संरक्षण गर्नको लागि सबै हिन्दूले आ–आफ्नो स्तर बाट लाग्नुपर्ने समेत बताए ।
कार्यक्रमको अध्यक्षता विश्व हिन्दु परिषद् धनगढी नगरका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संवाहक महेन्द्र राज पन्तले गरेको थियो । प्रमुख अतिथिमा विश्व हिन्दू परिषद् अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पराण्डे रहेका थिए । यस्तै कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध झण्डै ४ सय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भजन, शिवताण्डव नृत्य र योग साधना लगायतका प्रस्तुति समेत समावेश गरिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.