गेटामा विश्वविद्यालय : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य समितिद्वारा अवलोकन

अत्तरिया, ८ पुस  : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहेको गेटा अस्पतालको अवलोकन गरेको छ ।
सोमबार समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वमा आएको टोलीले अस्पताल लगायत विश्वविद्यालयका संरचनाको अवलोकन गरेको हो ।
टोलीमा समितिका सदस्य महेन्द्रकुमार राई, ईश्वरी घर्ती, ज्ञानु बस्नेत सुवेदी, रामप्रकाश चौधरीको सहभागी रहेका थिए । अवलोकनका टोली सँगै सुदूरपश्चिम निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।
समितिका सचिव दशरथ धमलाले विद्यालय शिक्षा विधेयका सन्दर्भमा स्थानीय स्तरमा सुझाव सङ्कलन गर्न सुदूरपश्चिम आएको बेला विश्वविद्यालयको विधेयक पनि विचाराधीन अवस्थामा रहेकाले भौतिक संरचनाको अवस्थाको विषयमा अवलोकन गर्न समिति स्थलगत अवलोकनमा आएको बताए । यसैबिच समितिलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले छिटो विश्वविद्यालयको विधेयक संसदमा पेस गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा ३ सय शय्याको अस्पताल सञ्चालन गरी चाँडो सांसदबाट विधेयक पास गराउन माग गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.