शिवगौडी टोलमा पक्की कल्भर्टको शिलान्यास

अत्तरिया, ८ पुस : कैलालीको गोदावरी नगरपालिका वडा न. ११ को शिवगौडी टोलमा पक्की कल्भर्टको शिलान्यास भएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको उपस्थितिमा वडा न. ११ का वडा अध्यक्ष प्रेमसिंह बडैलाले पूजाआजा गरी शिलान्यास गरेका हुन ।
शिवगौडी प्राथमिक बिद्यालय नजिकको बस्तीमा बर्षातको समयमा बालबच्चाहरुलाई आवत जावतमा समस्या हुदै गरेको स्थानीयहरुको माग अनुसार यस ठाउँमा गोदावरी नगरपालिकाले १६ लाख लगानीमा कल्भर्ट निर्माणको काम सोमबार बाट थालेको हो । वडा अध्यक्ष प्रेमसिंह बडैलाका अनुसार बिगत वर्षमा पनि यस ठाउँको समस्यालाई सामाधानका लागि जनताको मागहरुलाई यस पटक गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जनताको माग र आवश्यकतालाई मध्येनजर गर्दै माग सम्बोधन गरी योजना हाली दिएकोमा धन्यवाद ज्ञापन गरेका छन ।
अनौपचारिक रूपमा सऐचालित कार्यक्रमा जनताको मागहरुल्ने सम्बोधन गर्न पाउन्दा आफू खुशी रहेको नगर प्रमुख भट्टले बताएका छन । स्थानीय जनताहरु यस ठाउँमा पक्की कल्भर्ट निर्माण हुदै गर्दा आफ्ना केही सपना साकार भएको समेत बताएका छन । गाउँ बस्तीमा समस्या धेरै भएता पनि धेरै मध्येको एक समस्या सामाधान भएको स्थानीय खडे कामीले बताएका छन ।
बर्षातको समयमा बालवच्चाहरुलाई स्कूल लैजान समस्या थियो अहिले गाउँमै पक्की कल्भर्ट बन्ने भएपछि खुशी छाएको सुनाउदै देवीलाल जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.