धनगढीमा आजदेखि वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव, मुख्यमन्त्री शाहले उद्घाटन गर्ने
अत्तरिया : धनगढीमा ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ हुने भएको छ । महोत्व आज (मंगलबार) देखि सुरु हुँदैछ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुन लागेको हो । संघले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महोत्सवको उद्घाटन सुदूररपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले गर्ने आयोजकले जनाएको छ । आज देखि सुरु भएको महोत्सव यहि पुस १५ गते सम्म सञ्चालन हुने भएको छ ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको संघका कैलाली जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए । उनले महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वतित्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना हुने बताए । उनले भने ‘त्यसमा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।’
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताउँदै उनले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिएको बताए । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ । महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने तथा उद्घाटन अघि धनगढीको ट्राफिक चौराहदेखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभातफेरीको आयोजना हुने जनाइएको छ ।
महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोवार हुने तथा महोत्सव आयोजन गर्नलाई झण्डै दुई करोड वढी खर्च हुने अनुमान गरिएको आयेजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश, अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा रु. ५० टिकटदर राखिएको,सर्वसाधारणलाई रु. १०० राखिएको छ । माहेत्सवमा विभिन्न प्रकारका पुस्तक समेत खरिद गर्न पाईने छन् ।
जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको जनाइएको छ ।