दुर्गालक्ष्मी क्याम्पस पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन

अत्तरिया, १० पुस : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन गरिएको छ । क्यापस परिसर वनखेतमा समाजको बुधबार बसेको साधारण सभाले उद्धव भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा योगेश भट्ट, महासचिवमा भिष्मराज सुवेदी, सचिवमा पदमराज ओझा र कोषाध्यक्षमा रत्ना कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शारदा फुलारा, बालकृष्ण भट्टराई, लक्ष्मी विष्ट, जगत महरा र योगेश भट्ट चयन भएका छन् । त्यस्तै सभाले तेज खड्काको संयोजकत्वमा सल्लाहकार समिति पनि चयन गरेको छ ।
सल्लाहकार सदस्यहरुमा धर्मसिंह कुँवर, प्रेमराज भट्ट, गणेश महरा, डण्डीराज जोशी, लक्ष्मीराम आर्चाय, राजेन्द्र विष्ट, मान बहादुर महरा र राजकुमार साउँद रहेका छन् । समाजको तदर्थ समिति २०७८ सालमा गठन गरिएको भएपनि समितिले सक्रियता देखाउन सकेको थिएन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.