धनगढीमा प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने

अत्तरिया, १० पुस : धनगढीमा स्वर्गीय उसु खेलाडी निता खड्का प्रति समर्पित प्रथम निता स्मृति राष्ट्रिय उसु (सुन्दा) प्रतियोगिता २०८१ हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा खुलामञ्चसँगै रहेको कर्मचारी सञ्जयकोषको खुला मैदान धनगढीमा उक्त प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
उसु खेलाडी स्वर्गीय निताप्रतिको सम्मानका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले उक्त प्रतियोगिताको आयोजना गरेको सुदूरपश्चिम प्रदेश उसु संघ धनगढीका अध्यक्ष राजीव गुप्ताले बताए । प्रतियोगिता यही पुस १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तयारी थालिएको छ ।
प्रतियोगितामा तीन विभागीय सहित सातै प्रदेशका १० वटा टिमहरूको सहभागिता रहने छ । साथै सिनियर र जुनियर गरी उसु खेलमा रहेका दुई थाओलु र सान्दा विधा कै एक महत्वपूर्ण सान्दा विधा मात्र सञ्चालन गरिने समेत आयोजकले जानकारी दिए । प्रतियोगितामा सिनियर र जुनियर गरी जम्मा १९६ खेलाडीको सहभागिता हुँदैछ । जसमा पुरुषतर्फ १०८ र ८८ महिला खेलाडीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.