कञ्चनपुरको पुनर्वासको खुला मञ्चमा माओवादीको भ्रष्टाचारका विरुद्धमा खबरदारी सभा हुँदै

माओवादी सरकारले खोलेका भ्रष्टाचारका फाइल अहिलेको सरकारले बन्द गरेको छ : उपमहासचिव पोखरेल

धनगढी : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले माओवादी केन्द्रको नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइल अहिलेको सरकारले बन्द गरेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले खबरदारी सभा बारे जानकारी दिन आज (बिहिबार) पुनर्वासमा आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने ‘जुन भ्रष्टाचारका फाइल हाम्रो पार्टीको नेतृत्वको सरकारले अगाडि बढाएका थिए । ती अहिलेको सरकारले बन्द गरेको छ । जनताका समस्यामा पनि सरकार उदासिन देखिएको छ ।’
उनले भने ‘सरकारले जनताका समस्या बुझ्न सकेको छैन् । बाढी, पहिरो, भूकम्प लगायतका विपद्का क्षेत्रमा बजेट परेको छैन् । महंगी कालोबजारी बढेको छ ।’
जनतामा पार्टीका कुरा राख्न, अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले गरेका काम जनतामा राख्न, भ्रष्टाचारका विरुद्धमा खबरदारी सभा गर्न लागिएको उनले बताए । उनले सरकारले भ्रष्टाचारका मुद्धामा आफ्ना विपक्षीलाई तारो हानेको बताउँदै सत्तामा भएकालाई जोगाउन खोजेको बताए ।

पुस १३ गते हुने खबरदारी सभा कञ्चनपुरको पुनर्वासस्थित टाउनको खुला मञ्चमा हुने र बीस हजार जनताको उपस्थिति रहने माओवादी केन्द्रले जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सभामा १५ हजार भन्दा बढी जनताको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.