अत्तरिया, ११ पुस : नेपाली काँग्रेस स्वास्थ्य विभागको सदस्यमा कैलालीबाट डा. लक्ष्मीराज पाठकलाई मनोनयन गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बिहिबार मनोनयन गरेको हो । विभागको केन्द्रिय सदस्यमा डा. चन्द्रमोहन यादव प्रमुख छन् ।
यस्तै, अन्य सदस्यहरुमा डा. मुक्तिराम श्रेष्ठ अर्घाखाची, डा. अनिलकुमार झा सप्तरी, डा. सुमन कर्माचार्य रामेछाप, डा. शुशीलनाथ प्याकुरेल ललितपुर, श्यामचन्द यादव धनुषा, ईश्वर कार्की झापा, विष्णुप्रसाद भट्टराई स्याङजा, पुजा फुयाल सोलुखुम्बु, बुधिसरा सुनुवार सुर्खेत रहेको विभागको मुख्य सचिव कृष्णप्रसाद पौडल द्वारा हष्ताक्षरित विज्ञप्तिमा जनाएको छ ।
सम्बन्धित पाेस्टहरु