बझाङमा ढुंगा लागेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु

अत्तरिया, १४ पुस : बझाङ मालुमेला विद्यालय नजिकै माथिबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका–९ आमवगरकी ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
घटना हिजो दिउँसो घटेको हो । जोशी मालुमेलाबाट आफ्नै घर आमवगर जाँदै गर्दा कच्ची सडकको माथिबाट खसेको ढुंगाले लागेको थियो । स्थानीयका अनुसार निरन्तर परिरहेको वर्षाका कारण सडकभन्दा माथिबाट ढुंगा खसेको अनुमान गरिएको छ ।
घटनास्थल मालुमेला विद्यालयभन्दा ५–७ मिनेटको पैदल दुरीमा रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.