गोदावरी नगरपालिकाका पूर्व वडा सदस्य दलबहादुर बिकको निधन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका पूर्व वडा सदस्य दलबहादुर बिकको निधन भएको छ। शनिबार हृदयघातका कारण उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

बिक २०७४ सालको स्थानीय चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय बिकको निधनले स्थानीयवासी शोकमा परेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.