धनगढी : धनगढीमा तीन दिनसम्म भुवना पर्व मनाइने भएको छ । धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा सोमवारदेखि तीन दिन पर्व मनाइने भएको हो । बाजुरेली सेवा समाज, धनगढीले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिनसम्म भुवा पर्व उत्सवका साथ मनाउने जनाएको छ ।
धनगढीको खुल्ला मञ्चमा हुने भुवा पर्वको अवसरमा प्रतियोगिता समेत हुने भएको छ । असत्यमाथि सत्यको जीतका रुपमा भुवा पर्व मनाइँदै आएको छ ।
खासगरी सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ र डोटीका केही भागमा मनाइँदै आएको भुवा पर्व पछिल्ला केही वर्षयता बाजुरेली सेवा समाजले धनगढीमा पनि मनाउँदै आएको छ ।
अघिल्लो बर्षदेखि प्रतियोगिता नै गर्न लागिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनले पर्वसँगै प्रतियोगिता मनाउँदा यो पर्वलाई संरक्षण गर्न सजिलो हुने बताए । सुदूरपश्चिमका तराइका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका पाँच वटा समूहको बिचमा प्रतिस्पर्धा गरिने भएको छ प्रतिस्पर्धामा सहभागी हुने समूहले नगद तथा प्रमाणपत्र पाउने छन् ।
सम्बन्धित पाेस्टहरु