आजको मौसम : तराईका भूभागमा हुस्सु

अत्तरिया : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा पश्चिमी वायुको प्रभाव देखिएपछि आज पानी पर्ने सम्भावना भने कतै देखिएको महाशाखाको अनुमान छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको मौसम विश्लेषण गर्दै भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.