अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारका विभिन्न चोकमा दाउरा वितरण गरेको छ । चिसो बढेसँगै विगत वर्ष जस्तै यस पाली पनि दाउरा वितरण गरेको हो।
नगरप्रमुख विरेन्द्र भट्टका अनुसार चिसोका कारण व्यापारव्यवसाय र यात्रुहरू प्रभावित भएकाले दाउरा वितरणले राहत दिने अपेक्षा गरिएको छ। नगरपालिकाले हरेक चिसो मौसममा यसरी नै दाउरा वितरण गर्दै आएको नगर प्रमुखका स्वकीय सचिव दिपिन साउदले जानकारी दिए। दाउरा पाएपछि स्थानीय व्यापारीहरू खुसी भएका छन ।
साउँदले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै नगरले दाउरा वितरण गर्दैं आएको नगर प्रमुख विरेन्द्र भट्टका स्वककीय सचिव साउँदले बताए । द्ई दिन देखि तराईका जिल्ला कैलाली र कञ्चनपुरमा घाम लाग्न सकेको छैन ।
सम्बन्धित पाेस्टहरु