कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

अत्तरिया, १८ पुस : कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०८१\०८२ को गाउँसभा अधिवेशन आजबाट सुरु भएको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा हिउँदे÷विद्येयक अधिवेशन सुरु भएको हो । अधिवेशनमा नयाँ विद्येयकबारे छलफल, यस अघि बनिसकेको विद्येयकको कार्यविधि बनाउने, गाउँपालिका कार्यपालिकाबाट गरिएका निर्णय पास गरिने छ ।
अधिवेशनको उद्घाटन शत्रमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी चिनमा भ्रमणका बेला त्यहाँका स्थानीय सरकारसँग गरिएको सम्वादबारे सभामा जानकारी गराए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले गत आर्थिक बर्षमा कृषि विकास, शिक्षा र स्वास्थ्य, भौतिक पूर्वाधारको क्षेत्रमा प्रगति भएको जानकारी दिए ।
त्यसैगरी अधिवेशनमा सामाजिक सुरक्षाको दायरा बृद्धि, आर्थिक गतिविधि प्रवद्र्धन, पर्यावरणमा छलफल गर्न जरुरी रहेको बताए । यस अधिवेशनमा भल्मन्सा प्रणाली संरक्षण तथा विकास ऐन पहिलो संशोधन २०८१ कार्यान्वयनका लागि कार्यविधि निर्माण, उपाध्यक्ष संरक्षण कोष निर्माण, मुक्तकमैया, हलिया तथा कमलरी पुनस्र्थापना २०८० कार्यान्वयन जस्ता कार्य गर्नुपर्ने जनाए ।
गाउँसभामा सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी लगायत नौ वडाका सचिव तथा कर्मचारीहरुको सहभागिता रहेका थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.