सुदूरपश्चिममा नीति तथा योजना आयोगको उपाध्यक्षमा काँग्रेसकी राना नियुक्त

अत्तरिया : प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी रानालाई प्रदेश मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।

मन्त्रिपरिषद्ले सदस्यमा समेत नियुक्ति गरिसकेको जनाएको छ। सदस्यमा भने डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन्। आजै उनीहरूको पद ग्रहणको कार्यक्रम राखिएको छ। एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।

यो नियुक्तिसँगै प्रदेश नीति तथा योजना आयोगले आगामी दिनमा नीति तथा योजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.