धनगढीबाट भन्सार छलीका सामान बरामद

अत्तरिया, १९ पुस : धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र शिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ६४० बराबरको सामान बरामद गरिएको हो ।
भन्सार छलीका प्याज, गुडपट्टी, चिनी, मिठाई, मसाला, धनियाँ, सल, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.