विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता हुँदै, पहिलो पुरस्कार एक लाख

अत्तरिया, १९ पुस : कैलाली र कञ्चनपुरमा विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८१ आयोजना हुने भएको छ । सनराइज मिडिया सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिमै पहिलोपटक सबैभन्दा ठुलो धनराशिको हाजिरीजवाफ प्रतियोगिता हुन लागेको सनराईज मिडिया सेन्टरका अध्यक्ष उत्तम थापाले जानकारी दिए । प्रतियोगितामा प्रत्यक बिद्यालयबाट दुइ टिम र एउटा पालिकाबाट तिन टिम सहभागी हुन पाउने छन् । विद्यालयस्तरदेखि सुरु हुने अडिसनमा प्रत्यक पालिकाबाट तीन टिमलाइ धनगढीमा उपस्थित गराएर मेघा अडिसन राउन्ड आइरन राउन्ड सिल्बर राउन्ड गोल्ड राउन्ड डाइमन्ड राउन्ड र सेमिफाइनल राउन्ड बाट छनोट भएका टिमबाट ग्राण्ड फिनाले बाट प्रथम द्वितिय र तृतिय छनोट गरिने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर द्वितिय पुरस्कार ५० हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर तृतिय पुरस्कार २५ हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर र सान्त्वना पुरस्कार १० हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर रहने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण बिद्यालयहरुलाइ सहभागीताको प्रमाणपत्र र फाइनल प्रवेश गर्न सफल ६ ओटा समूहहरुलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताका सम्पूर्ण अडिसनहरु सनराइज टेलिभिजन फेसबुक पेज यूटुब च्यानल इंस्टाग्राम र टिकटकमा प्रसारण हुने छन । विद्यालयमा हुने पढाईका साथै विद्यार्थीको अतिरित्त ज्ञान हाशिल गर्न प्रतियोगिता कोसेढुङगा सावित हुने सनराईज मिडियाका कार्यक्रम संयोजक तथा हाजिरी प्रतियोगिता २०८१ का कार्यक्रमका प्रस्तोता पे्रम बिवश चन्दले बताए ।
सुदूरपश्चिममा डान्स गायन तथा अन्य बिधा हरुमा धेरै कार्यक्रम आयोजना भएका भए पनि विद्यार्थीको बौधिक क्षमता प्रद्धर्शन गर्ने कार्यक्रम नभएको हुँदा नौलो भएको सनराइज मिडियाका कार्यकारी निर्देशक दिप श्रेष्ठले बताए ।
कार्यक्रम कैलाली र कञ्चनपुरका बिद्यालयहरुमा यही पुस २१ ग्ते देखि फरम बितरण हुने र आगामी माघ पहिलो हप्ता बाट १६ अडिसन गरेर जेठ सम्म सञ्चालन हुने गरी काम अगाडी बढेका सनराईज मिडियाका अध्यक्ष उत्तम थापाले बताए । सुदूरपश्चिममै नयाँ तरिकाले कार्यक्रमको योजना बनाइएको र कैलाली र कञ्चनपुरमा कार्यक्रम सफल भएपछि सुदूरपश्चिमभरि नै कार्यक्रम गरिने अध्यक्ष थापाको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.