कञ्चनपुरकी १४ बर्षीय किशोरी २१ दिनदेखि सम्पर्कविहिन

कञ्चनपुर : कञ्चनपुर घर भएकी एक किशोरी २१ दिनदेखि सम्पर्कविहिन भएकी छन्। वेदकोट नगरपालिका–७ सुडाका भीमदत्त भट्टकी १४ वर्षीया छोरी प्रतिभा भनेर चिनिने प्रिया भट्ट यही पौष १ गतेदेखि सम्पर्कविहिन भएकी हुन्।
कक्षा ८ मा ज्ञानबाटी बोर्डिङ स्कुलमा अध्ययनरत प्रिया पौष १ गते घरबाटै सम्पर्कविहिन भएको आफन्तले बताएका छन्। कैलालीको धनगढीस्थित आफन्तको घर बसेको भएपनि त्यहाँबाट समेत हराएकी छन्। उनको परिवारले प्रियालाई देखेमा नजिकको प्रहरी वा ९८६२४१९९१९, ९८६६५०२६१७ र ९८४८६८३३२५ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.