कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा, हमाल आउने

अत्तरिया : गृह मन्त्रालयले सोमबार सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ। मन्त्रालयको निर्णयअनुसार काठमाडौंसहित सात जिल्लाका सिडिओ समेटिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई कैलालीबाट सुनसरी सरुवा गरिएको छ भने गोगनबहादुर हमाललाई कैलालीको सिडिओको जिम्मेवारी दिइएको छ। त्यस्तै, काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ। अन्य जिल्लामा तुलसी बहादुर श्रेष्ठलाई सर्लाही, इन्द्रदेव यादवलाई मोरङ, गोपाल कुमार अधिकारीलाई झापा, र शावित्रा पुनलाई सल्यानको सिडिओ तोकिएको छ।

गृह मन्त्रालयका अनुसार यो सरुवा प्रशासनिक सुधार र जिल्लाहरूमा शान्ति सुरक्षाको सुदृढीकरणका लागि गरिएको हो। सरुवापछि सम्बन्धित सिडिओहरूले चाँडै आफ्नो कार्यक्षेत्र सम्हाल्ने गृह मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.