तिब्बत भूकम्प अपडेट : मृतकको संख्या ३६ पुग्यो

अत्तरिया : आज बिहान मंगलबार चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको हो।

क्षतिको विवरण संकलन जारी छ। नेपालमा पनि उक्त भूकम्पको धक्का पूर्वी पहाड हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।

नेपालमा भने यहाँको समयअनुसार ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले जानकारी दिए। आजको भूकम्पले नेपालमा पनि क्षति भएको अनुमान गरिएको छ। तर अहिलेसम्म क्षतिका विवरण आइसकेका छैनन्। यस विषयमा बुझ्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.