गेटामा अस्पताल विस्तारका लागि बजेट र दरबन्दी माग, चिकित्सा शिक्षा सुरु गर्न संघर्ष समितिको मन्त्रीलाई ज्ञापन

अत्तरिया : सुदूरपश्चिम प्रदेशको गेटा अस्पतालको विस्तार र सञ्चालनका लागि आवश्यक बजेट तथा दरबन्दी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाइएको छ। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले मन्त्री पौडेललाई भेटी अस्पताललाई प्रभावकारी बनाउन र चिकित्सा शिक्षा पठनपाठनको सुरुवातका लागि ठोस कदम चाल्न आग्रह गरेको हो।

ज्ञापन पत्रमा हाल सञ्चालनमा रहेको ५० शय्याको अस्पतालले यस क्षेत्रका जनताको आवश्यकता र अपेक्षाहरू पूरा गर्न नसक्ने भएकाले तत्कालै ३ सय शय्या हुँदै ६ सय शय्याको पूर्णकालीन अस्पताल सञ्चालन गर्न बजेट र दरबन्दीको व्यवस्था गरिनुपर्ने उल्लेख छ।

संघर्ष समितिका संयोजक लोक राज पाण्डे ९आगो० ले मन्त्री पौडेललाई संघीय संसदबाट सम्बन्धित विधेयक स्वीकृत गराई चालु आर्थिक वर्षमै चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न विशेष पहल गर्न माग गरेका छन्। संघर्ष समितिले अस्पतालको विस्तारसँगै सुदूरपश्चिमका जनताको स्वास्थ्य र शिक्षामा सुधार ल्याउने दीर्घकालीन योजनामा सरकारको ध्यानाकर्षण गराएको छ।

गेटा अस्पतालको विस्तार र चिकित्सा शिक्षाको सुरुवातले सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.