अत्तरिया, २३ पुस : सुदूरपश्चिममा अटो -याली र अटोक्रस आयोजना गरिने भएको छ । सुदूरपश्चिम अटोमोबाइल्स संघको आयोजना र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोगमा फागुन १६ र १७ गते मोटर स्पोर्टसअन्तर्गतका खेल गर्न लागिएको हो ।
‘धनगढीबाट सुरु गरिने अटो -यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन्,’ सुदूरपश्चिम अटोमोबाइल्स संघका अध्यक्ष पुष्कर ओझाले भने, ‘उक्त -याली धनगढीको शिवपुरी धामदेखि सुरु भएर डडेल्धुराको परशुराम धामसम्म पुग्ने छ । उक्त -यालीले ले सुदूरपश्चिमको धार्मिक पर्यटनमा पनि महत्वपुर्ण भूमिका खेल्नेछ ।’
ओझाका अनुसार उक्त -यालीको विजेताले ८१ हजार, दोस्रोले २७ हजार र तेस्रोले नौ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए । -यालीकै क्रममा दोधारा चाँदनीमा अटोक्रस आयोजना गरिने सुदूरपश्चिम अटोमोबाइल्स संघले जनाएको छ । अटोक्रसमा -यालीमा सहभागी २० सवारी चालकलाई सहभागी गराइने अयोजनकले जनाएको छ ।
‘जुनसुकै क्षमता तथा डिजाइनका निजी कार र जीपलाई -यालीमा समावेश गराइनेछ भने अटोक्रस मा हजारदेखि ४६ सय सिसीसम्मका कार मात्र हुनुपर्नेछ,’ अध्यक्ष ओझाले भने । -याली र अटोक्रस आयोजना गर्न साढे १७ लाख खर्च हुने अनुमान गरिएको छ ।
सम्बन्धित पाेस्टहरु