अनुसन्धानले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा सहयोग पुग्ने : मन्त्री खड्का

अत्तरिया, २४ पुस : स्वास्थ्य क्षेत्रको अनुसन्धानले गुणस्तर वृद्धिमा सहयोग पुग्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले बताएका छन् ।
धनगढीमा बुधबार आयोजना भएको सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानको आवश्यकता र सरोकारवाला तथा मिडियाको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
मन्त्री खड्काले राम्रो स्वास्थ्य नीति बनाउनका लागि पनि अनुसन्धान आवश्यक रहेको औंल्याए । यसका लागि मिलेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
मन्त्री खड्काले भने, स्वास्थ्य सम्बन्धी हामीले कस्तो नीति बनाउने हो, कस्तो नीति बनाउँदा स्वास्थ्यमा गुणस्तर आउँछ ? त्यसका लागि पनि अनुसन्धान जरुरी छ ।’ उनले प्रदेशमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रदेश कार्यालयको आवश्यकता रहेको औंल्याए । ‘यसका लागि आर्थिक पाटोमा हामी कसरी सहभागी हुनुपर्छ, त्यसमा पनि प्रतिबद्ध छौं, खड्काले भने ।
प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र हेल्थटुडे मिडियाको आयोजनामा कार्यक्रम भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.