कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

अत्तरिया : कैलालीमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। लागूऔषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २८ वर्षीय संजित राना र सोही मुद्दामै १ महिना कैद सजाय तोकिएका टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २६ वर्षीय डायमण्ड बिक्रम शाह पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.