Agni Offset Press

गोदावरी नगरका शिक्षकहरुलाई ३ दिने तालिम सञ्चालन

Aarati simant

अत्तरिया, २५ पुस : कैलालीको गोदावरी नगरपालिकामा शिक्षकहरुलाई ३ दिने तालिम सञ्चालन गरिएको छ। गोदावरी नगरपालिका संग सहकार्य गरेर रोटरी क्लवले ३ दिने तालिम सञ्चालान गरेको हो।
गोदावरी नगरपालिका भित्र रहेका सामुदायीक विद्यालयका आधारभूत तह १-३ का गणित विषय अध्यापन गराउने शिक्षकहरुलाई पूर्व-गणित शिक्षाशास्त्रमा शिक्षक प्रशिक्षण सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको जनाएको छ । तालिमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले गरेका हुन्। तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि न्यायाधिवक्ता जोशीले हामीले जानेका कुराहरूलाई तालिममा उल्लेख गरी जटिल सोच्ने विषयलाई पनि सहज कसरी बनाउने साथै थप उत्प्रेरणा मिल्ने बताए। तालिम प्राप्तबाट सिकेका कुराहरूहरुलाई आफ्नो विद्यालयमा प्रभावकारी रुपमा कार्यान्वयन ल्याउन अपेक्षा गरेको बताए।
तालिम उद्घाटन समारोहमा रोटरी क्लबका पूर्वअध्यक्ष तथा नन्दिनाज एकेडेमीका संस्थापक महेश विष्टले क्लबले विभिन्न स्थानीय निकाय, विद्यालय, संघसंस्थाहरूसँग मिलेर सामाजिक क्रियाकलापहरू तथा तालिमहरू सञ्चालन गर्दै आइरहेको बताए ।
उनले गणित विषयलाई अझ प्रभावकारी र सरल रूपमा पढाउनका लागि आवश्यक शैक्षिक सामग्रीहरू विद्यालयलाई प्रदान गरिने बताए। रोटरी क्लबका अध्यक्ष डा. सुशील कुमार भण्डारीले गणित विषयलाई सजिलै बुझाउन र विद्यार्थीहरूलाई गणितप्रति रुचि बढाउनको लागी तालिमको आयोजना गरिएको बताए। तालिमले विद्यार्थीहरूलाई कठिन मानिने गणित विषयमा रुचि बढाउने मात्र नभई उनीहरूको शैक्षिक उपलब्धिमा समेत सुधार गर्न मद्दत पुर्‍याउने विश्वास रहेको बताए।
यस्तै काठमाडौं बुढानिलकण्ठ स्कूलका विद्यार्थी तथा साम्य प्रोजेक्टका प्रतिनिधि आरीका विष्टले विद्यालय तथा शिक्षकहरुको माध्यमबाट कसरी गणित विषयमा रुचिकर बनाऊ सकिन्छ भन्ने उद्देश्यका तालिमको सहजीकरण गरिएको बताईन् । उनले गणित शिक्षालाई कसरी रमाइलो, सरल र व्यवहारिक बनाउन सकिने विषयमा छलफल तथा तालिम प्रदान गरिने बताईन्।

यस्तै धनगढीको नन्दीनाज एकेडेमीका प्रशिक्षक सञ्जु आचार्य र लालबहादुर कडायतले तालिमको सहजीकरण गरेका छन्। आयोजक रोटरी क्लबले काठमाडौंको बुढानिलकण्ठ स्कूलको टोलीसँग सम्नबय गरी तालिमको सञ्चालन गरेको हो।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.