गोदावरीबाट भन्सार छलीका कपडा बरामद

अत्तरिया : कैलालीको गोदावरीबाट भन्सार छलीका कपडा बरामद गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित मुख्य सडकखण्डबाट आज (बिहिवार) बिहान अस्थाई प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सताउन्न हजार बराबरका भन्सार छलीका कपडा बरामद गरेको हो ।

बरामद गरिएका कपडा भन्सार कार्यालय कैलालीमा बुझाउने तयारी भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.