धनगढीमा अटोमा बेहोस् भएका पुरूषको मृत्यु, दुई जना पक्राउ

अत्तरिया, २६ पुस : धनगढीमा अटो रिक्सामा सवार भएका बेला बेहोस् भएका एक जनाको मृत्युु भएको छ । बिहीबार शहीदगेटदेखि चौराहतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासि बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । तर, उनको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार अटो चालक श्रधनगढी उपमहानगरपालिका– ४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.