अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा तथा दोस्रो चुनावी सभाबाट संस्थाको अध्यक्षतामा देवबहादुर साउद सर्वसम्मत चयन भएका छन् । सभामा संस्थाको संचालक कार्य समितिको आगामी ४ वर्षको कार्यकालको लागी देवबहादुर साउदको अध्यक्षतामा ११ जना पदाधिकारीहरु चयन गरेको हो ।
यस्तै संस्थाको उपाध्यक्षमा शेरबहादुर राई, सचिवमा पदमबहादुर खाती, कोषाध्यक्षमा सन्तु मगराठी सार्की चयन भएका छन भने संचालक समितिको सदस्यहरुमा दुर्गा महत, केशर सिंह गुरुङ, सविता भण्डारी, हरीकृष्ण पाण्डेय, पुनमदेवी भट्ट, खेम बहादुर ढकाल, कृष्ण बहादुर नेपाली चयन भएका हुन् ।
यस्तै संस्थाको लेखा समिति संयोजकमा नन्दराज भट्ट संयोजकत्वमा भागरथी कुमारी बडु र धर्मा देवी साउद सदस्यमा चयन भएका छन् । नयाँ पदाधिकारीहरुलाई सभामै सपथ समेत गराएका थियो ।
सम्बन्धित पाेस्टहरु