अत्तरिया कृषि सहकारी वार्षिक साधारण सभा, १७ लाख बढी नाफा आर्जन

अत्तरिया, २६ पुस : कैलालीको गोदावरी नगरपालिका वडा नं १ बंनखेत अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लमिटेडको नबौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाको प्रमुख प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्ट थिइन् । प्रमुख अतिथि खेमादेवी विष्टले साधारण सभामा अत्तरिया कृषि सहकारी संस्था आफ्नो सेवा, व्यावसायिकता र सुदृढ व्यवस्थापनका कारण अब्बल सहकारी संस्थाको रूपमा उभिएको भन्दै प्रसंसा गरिन् । उनले असल सहकारी चिनेर मात्र आबद्ध हुन् नागरिकलाई सुझाव दिइन् । सहकारी संस्थाहरू आम्दानीको प्रमुख स्रोत बन्न सक्ने कुरा जोड दिँदै संस्थाहरूले सजिलै न्यून ब्याजमा ऋण प्रदान गरी जनताको जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउन मद्दत गरिरहेको भन्दै सहकारी संस्थाको प्रसंसा गरिन ।
विष्टले सहकारीको सही छनोटले आर्थिक उन्नति र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कुरा औंल्याएकी हुन् । सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष विक्रम विश्वकर्माले गरेका थिए भने संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक नन्द राज भट्टले गरेका थिए । यस्तै संस्थाको आयव्यय प्रतिवेदन प्रस्तुत प्रबन्धक सक्रान्ति भट्टले गरेकी थिइन् । संस्थाको वार्षिक प्रतिवेदन अनुसार २०७३ साल पौष १ गते बाट ३३ जना शेयर सदस्यहरु मिलेर ५ लाख ४० हजार रुपैयाँको कारोबारबाट सुरवात गरेको संस्थामा हाल ८ सय ७४ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् ।
यस्तै संस्थाको शेयर पूँजी ८८ लाख ७२ हजार ८०० रहेको छ । साथै संस्थाले आर्थिक वर्ष २०८०\०८१ मसान्त सम्ममा ७ करोड १७ लाख ७९१ रुपैयाँको आर्थिक कारोबार गरेको छ भने उक्त कारोबार बाट १७ लाख ६९ हजार ९२५ रुपैयाँको खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यस्तै संस्थाले निक्षेपमा ३ करोड ६३ लाख ३९ हजार २०७ रुपैयाँको बचत संकलन गरेको छ र ६ करोड १४ लाख ५१ हजार ३७० रुपैयाँ बराबरको ऋणमा लगानी गरेको छ । सभाको अवसर पारेर संस्थामा आबद्ध सदस्यहरुलाई सम्मान सहित नगद पुरस्कार प्रदान गरेको थियो । संस्थाले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट सदस्यहरुको मूल्यांकन गरी पुरस्कृत गरेको हो । उत्कृष्ट शैक्षिक पुरस्कार, उत्कृष्ट पशु व्यवसायी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता लगायत विभिन्न कारोबारमा उत्कृष्ट भएका सदस्यहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । यस्तै सामाजिक कार्य अन्तर्गत संस्थाले गरेको घोषणा अनुसार सदस्यहरुलाई सुत्केरी प्रोत्साहन स्वरुप एक हजार भुक्तानी र शेयर सदस्यको मृत्युमा परिवारलाई दाह संस्कार स्वरूप नगद ५ हजार भुक्तानी गरिने कार्यलाई निरन्तरता दिँदै आइरहेको छ ।
यस्तै सभाको कार्यक्रम सञ्चालन संस्थापक उपाध्यक्ष शिव राज रेग्मीले गरे सँगै स्वागत मन्तव्य संस्थाका सल्लाहकार संयोजक हरिकृष्ण पाण्डेले गरेका थिए । सभामा विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंक धनगढीका कार्यालय प्रमुख दिनेश गेलाल, गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए । सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.