सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको सुदूरपश्चि प्रदेश अध्यक्षमा : ओझा

अत्तरिया : सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेटसान) को सुदूरपश्चिम प्रदेश भेला ऐश्वर्य बिद्याय निकेतन माविका प्रिन्सिपल प्रेमनाथ ओझाको अध्यक्षतामा नया कार्यसमिति चयन गर्दै शुक्रवार सम्पन्न भएको छ ।

भेलाबाट निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष प्रभात विद्या निकेतन कन्चनपुरका डा. शंकर दत्त भट्ट, सचिव राष्ट्रिय बाल विद्यालय कन्चनपुरका महादेव भट्ट र कोषाध्यक्ष जेसिस बोर्डिङ स्कुलका करुणाकर पाण्डेय रहेका छन् । कार्यसमितिको सदस्यमा सन्त निरंकारी आदर्श बिद्या मन्दिर टीकापुरका टेक बहादुर चन्द, खडक मेमोरियल सेकेण्डरी स्कुल टीकापुरका हिरण्य शर्मा र बीरेन्द्र बिद्या मन्दिर टीकापुरका फणेन्द्र राज रेग्मी चयन भएका छन् ।

सुदूरपश्चिम  प्रदेश नीति तया योजना आयोगका उपाध्यक्ष जीवन रानाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिशिष्ट अतिथि रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.