लागुऔषध, आत्महत्या र सडक दुर्घटना चुनौती : गृहमन्त्री लेखक

कञ्चनपुर, २६ पुस : गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले गरेको खेल महोत्सव सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् ।

पछिल्लो समय लागु औषध सेवन भयावह बन्दै गएको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गर्नुपर्ने आग्रह गरे । ‘लागु औषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवात गरोस्’, गृहमन्त्रीको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.