सुखड, २७ पुस : नदी किनारमा गिट्टि कुटेर गुजारा चलाउदै आएको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–९ को एक अति विपन्न परिवारलाइ २५ हजार बराबरको जाडोयामको लुगा कपडा तथा खाद्यान्न सहयोग गरिएको छ ।
स्विजरल्याण्डमा बस्दै आएकि एनआरएन स्विजरल्याण्डका पुर्व अध्यक्ष शुभ एल्मर लामाको सक्रीयतामा तथा स्विस नागरिक मार्टिना खम वल्टरको आर्थिक सहयोगमा सहयोग नेपालका अध्यक्ष युवा समाजसेवी प्रकाश मिश्रले हस्तान्तरण गरेको हो ।
घोडाघोडी नगरपालिका–९ बस्ने भुपिन्द्रा शाहीको परिवारमा परेको आर्थिक समस्या तथा अवस्था देखेर सहयोग गर्न पाउदा निकै खुशी लागेको समाजसेवी मिश्रले बताए ।
शाहीको परिवारलाइ २ सेट ब्ल्यान्केट, तातो लुगा, ट्र्याक सुट, तातो पस्मिना कुर्ता सुरवाल, २ कट्टा चामल, ३ कट्टा पिठो, १ कट्टा सोयाबिन, १० लिटर खानेतेल, दाल, नुन, लुगाधुने सोडा, चिनि चियापत्ती सहयोग गरिएको मिश्रले जानकारी दिए ।
सहयोग पाएपछि शाहिले आफुहरुलाइ सहयोग गर्ने मार्टिना खम वल्टरलाइ धन्यवाद व्यक्त गर्दै यो सहयोग अमुल्य रहेको र कहिले नबिर्सने बताए ।
स्विजरल्याण्डमा बस्दै आएका शुभ एल्मर लामाले यसअघि कैलालीका विभिन्न स्थानमा सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्र मार्फत असाहय तथा विपन्न नागरिकहरुलाइ सहयोग गर्दै आएका थिए
सम्बन्धित पाेस्टहरु