शिवशंकर सामुदायिक वन मसुरियाको अध्यक्षमा बोहरा निर्वाचित (मतपरिणाम सहित)

अत्तरिया : शिवशंकर सामुदायिक वन उपभोक्ता समुह गौरीगंगा-९,मसुरिया,कैलालीको नयाँ कार्यसमिति नेतृत्वका लागि भएको निर्वाचनमा कांग्रेस एमाले प्यानलबाट कांग्रेसका बलबहादुर बोहराको पुरै प्यानल विजयी भएको छ।
हिजो शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा बलबहादुर बोहराले नेकपा समाजबादी, माओवादी केन्द्रका उम्मेदवार सोबिन्द्र सिं धामी लाई पराजित गर्दै बोहरा निर्वाचित भएका हुन। खसेको ५०८ मध्ये कांग्रेस-एमाले गठबन्धनका बोहराले ३०३ मत पाएर बिजयी हुँदा धामीले १८२ मत प्राप्त गरे। त्यसैगरी उपाध्यक्षमा धन बहादुर खडका (३०१),सचिबमा हरिना देबि साँउद (२९६),सह-सचिबमा चक्र ब.ताडी (२८७),कोसाध्यछ् निरु देबि बुढामगरले (३०४) ले मत प्राप्त गरि बिजयी भएका हेमन्त बाजेले जानकारी दिए।
नव निर्वाचित अध्यक्ष बलबहादुर बोहराले अग्रजहरुको सुझावका आधार र कार्यसमितिको थप बलबाट वन संरक्षणका साथै अन्य सामाजिक कामहरुमा शिव सुन्दर वन समुहलाई नमुना बनाउने प्रतिबद्धता जनाएका छन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.