अत्तरिया : कैलालीमा ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएको मोटरसाइकल ट्रकमा बजारिदा चालक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ मा सोही ठाउँ बस्ने २० वर्षीय निराजन चौधरीले चलाएको सुपप्र ०१०१२ प ३०४९ नम्बरको मोटरसाइकलले ओभरटेक गरेको थियो ।
सो क्रममा गौरीगंगा-१ बस्ने कृष्णबहादुर चौधरीले चलाएको सुपप्र ०१०११ त ६९५८ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । त्यहीँ बेला अनियन्त्रित भएर मोटरसाइकल गोदावरी नगपालिका–२ बस्ने २७ वर्षीय मनोज ओलीले चलाएको ना ६ ख १८७६ नम्बरको ट्रकमा बजारिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चालकको दाहिने खुट्टा भाँचिएको छ । उनको निसर्ग अस्पतालमा उपचार जारी भएपनि काठमाडौ रेफर गर्ने तयारी रहेको छ ।