पूर्वमन्त्री गोविन्दबहादुर शाहलाई पितृ शोक

अत्तरिया : पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उनको शनिवार बिहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो ।
विक्रम सम्वत १९८१ साल असोज दसैँ टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७) जन्मीएका शाह बुढानिलकण्ठस्थित छोराहरुसँग बस्दै र्आएका थिए । नेपाली कांग्रेसको एक यौद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी थिए । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलासखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेको थियो ।
वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लागेका थिए । कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका श्रीमती, पाँच छोरा र पाँच छोरी छन् ।
साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रिय सदस्य छन भने साइला छोरा राजेन्द्रबहादुर शाह उद्योगव्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव छन । जेठो छोरा मोहनबहादुर शाह अवकास प्राप्त राष्ट्रसेवक छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.