राष्ट्रिय आवास विशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्षमा : नवजिवनका अध्यक्ष बम

अत्तरिया : धनगढी स्थित देशकै बिशिष्ठ सहकारी संस्था नवजिवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्ष निर्वाचित भएका छन् । शुक्रबार काठमाण्डौँमा सम्पन्न राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको चौथो अधिवेशनबाट बम प्रथम उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

देशका १ अर्ब बढी लगानी भएका ठुला २५ सहकारी रहेको राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघमा सुदूरपश्चिमबाट दुइवटा सहकारी आबद्ध छन् । धनगढीको नवजिवन सहकारी र किसान बहुउद्देशिय सहकारी संस्था सघंमा आबद्ध छन् । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र ४ सदस्य सहित ९ सदस्यीय समितिमा बम प्रथम उपाध्यक्ष बनेका हुन् । सघंको अध्यक्षमा बिन्दबासिनि सहकारीका पुर्ब अध्यक्ष प्रदिप थपा निर्वाचित भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.