अत्तरिया : कैलालीमा लागुऔषधसहित पाँच युवक पक्राउ परेका छन् । शनिबार बेलुकी टीकापुर नगरपालिका–२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर–१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई ४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी, गोदावरी नगरपालिका-१ भगतपुरबाट सोही ठाउँ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई २१० मिलिग्राम, धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट गोदावरी–३ बस्ने ३४ वर्षीय दीपक चदारालाई ४२० मिलिग्राम र धनगढी–४ बसपार्कबाट दार्चुलाको व्यास गाउँपालिका–६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।