गोदावरी धाममा मकर मेलाका लागि नि : शुल्क बस सेवा सञ्चालन हुने

अत्तरिया : गोदावरी नगरपालिकाले माघ १ गतेदेखि सुरु हुने गोदावरी धाम मकर मेलाका लागि यस वर्ष पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

मेलामा भक्तजनहरूको सुविधाका लागि स्याउले, मालाखेती, गेटा र अत्तरियादेखि गोदावरीसम्म ५ वटा निःशुल्क बस सेवा बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने जनाएको छ। नगर प्रमुख विरेन्द्र भट्टका अनुसार यस सेवाले मेलामा सहभागी हुन चाहने भक्तजनहरूलाई यात्रा सहज बनाउने अपेक्षा गरिएको छ।
गोदावरी मकर मेलाले कैलालीसहित सुदूरपश्चिम प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व उजागर गर्न मद्दत गर्ने विश्वास नगर प्रमुख भट्टको रहेको छ । मेलाको सफलताका लागि हेल्प डेस्क, आपतकालीन एम्बुलेन्स सेवा, र अन्य आवश्यक व्यवस्था समेत गरिने जानकारी गराइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.