चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन् ।

मुख्यमन्त्री शाहले आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताएका हुन ।

उनले विभिन्न समुदायद्वारा मनाइने माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, माघी चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.