अत्तरिया, १ माघ : डडेल्धुरामाा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार साँझ १६ः३० बजेको समयमा जिल्लाको अमरगढी नगरपालिका–३ पथरोडाका ३२ वर्षीय डम्बरबहादुर थापा मगरले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका हुन् । घरायसी वादविवाद हुँदा आफ्नै घर आगनमा उनले २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानीका थिए । त्यसपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो ।
श्रीमतीलाई गोली हानेर हत्या गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा डम्बरबहादुर थापा मगरलाई नियन्त्रणमा लिएर भरुवा बन्दुकसमेत बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित पाेस्टहरु