एसईई परीक्षा चैत ७ गतेदेखि

अत्तरिया : एसईई परिक्षा चैत ७ गतेदेखि हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा बिहान ८ : ०० बजेदेखि सुरु भएर ११ : ०० बजे सकिने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.