नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (क) दोस्रो सम्मेलन सम्पन्न, संगठन मजवुतमा जोड

अत्तरिया : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ (क) कैलालीको दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । धनगढी–१४ स्थित एच गाउँमा रहेको बुद्ध गुम्बामा सम्मेलन सम्पन्न भएको हो । क्षेत्रीय सभापति (क) का सीताराम रानाको अध्यक्षता सम्पन्न सम्मेलनको प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. जीबन राना प्रमुख अतिथि रहेकी थिईन् । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री प्रकाश देउवा बिशिष्ट अतिथि रहेका थिए ।

सम्मेलनको प्रमुख अतिथि रहेकी केन्द्रीय सदस्य डा रानाले पार्टीले अगाडि सारेको सय दिने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिईन् । उनले अभियानको सिद्धान्त अनुसार वडा तहबाट कार्य सम्पन्न गर्नुपर्ने बताईन् । यस्तै केन्दीय सदस्य वडले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने निति लिएकाल संगठन मजबुद बनाउनुपर्ने जोड दिए ।
सम्मेलनमा कांग्रेसका नेता तथा सुदूरपश्चिमका पूर्वमन्त्री देउवाले जनस्तरबाट आएका समस्याको सामाधानको पहल थाल्ने बताए । उनले देशको हरेक विकास र अन्य थुर्पै योगदानमा कांग्रेस अग्रपंक्तीमा रहेको दाबी गरे । नेता देउवाले कांग्रेस कार्यकर्ताहरुले इमान्दारीका साथ काम गर्नुपर्नेमा जोड दिए । हरेक विकासमा कांग्रेसको महत्वपूर्ण योगदान रहेपनि प्रचार हुन नसकेकोमा नेता देउवाले दुखेसो व्याक्त गरे ।

सम्मेलनमा पुर्व मन्त्री टेक बहादुर रैका, महा समिति सदस्य बाधुराम चौधरी कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार , जिल्ला सदस्य तपेन्द्र भुसाल, क्षेत्रिय सचिव महेश गोले, कांगेस नेता मानबहादुर बिष्ट लगायत नेताहरुले पार्टी संगठन बिस्तारमा लाग्नुपर्नेमा जोड दिएका थिएँ ।

सम्मेलनमा धनगढी उपमहानगरपालिकाका ११ वडा र कैलारी गाउँपालिकाका २ गरी १३ वडामा क्षेत्रिय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मलेनको खुल्ला सत्रमा नेताहरुले पार्टी संगठन कसरी मजबुद बनाउने भन्ने बिषयमा आफ्नो धारणा व्याक्त गरेका थिएँ । प्रदेश सभाका क्षेत्रीय सदस्य कृतबहादुर बिष्टले अतिथिहरुलाई स्वागत गरेका थिएँ । सचिव निरज बिष्टले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन सचिव जमुना भण्डारीले गरेकी थिईन् ।सम्मेलनमा सहभागि सबैलाई सभापति रानाले धन्यवाद व्याक्त गरेको थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.